vada
News

कोरोना संक्रमितको मृत्यु भएपछि यो ठाउँमा पुनः लकडाउन लगाइयो

काठमाडौं । कोरोना संक्रमितको मृत्यु भएपछि पुनः लकडाउन लगाइएको छ । धादिङ जिल्ला सदरमुकामकै सिरानबजारका ३९ वर्षीय होटल व्यवसायीको मृत्यु पछि कोरोना संक्रमण पुष्टिभएसँगै जिल्ला सदरमुकाममा पुनः लकडाउन गरिएको हो । नीलकण्ठ नगरपालिका १४ छाप निवासी ती व्यवसायी बस चालक समेत भएको बताइएको छ । लकडाउन खुकुलो भएपछि उनी दैनिक जसो धादिङ काठमाडौं सिमाना खत्री पौवासम्म यात्रु ओर्सादै आएका थिए ।

कमलपित्त लगायत रोगको उपचार गराइ रहेका उनलाई आइतबार उच्च ज्वरो आएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पताल काठमाडौंमा भर्ना भएका थिए । मंगलबार उनको कोरोनाका कारण अस्पतालमै मृत्युभएपछि सेनाको टोलीले लाश व्यवस्थापन गरेको नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले जानकारी दिनुभयो ।

उनको मृत्युपछि बुधबार बिहान बसेको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितीको बैठकले सदरमुकाम लकडाउन गर्ने निर्णय गरेको हो । एक हप्ताको अवधीमा धादिङ सदरमुकाममा ५ जना र जिल्लाका अन्य स्थानमा १० जनालाई कोरोना संक्रमण देखिएपछि जिल्ला सदरमुकाम एक हप्ताका लागि पूर्ण बन्द हुने भएको हो ।

Related Articles

Back to top button