vada
News

कोरोनाबाट मृत्यु भएका पूर्वमेयर गिरीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २९ साउन – नेपाली काँग्रेसले पार्टीका धनुषाका नेता एवं जनकपुर नगरपालिकाका पूर्व मेयर कृष्ण गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । जनकपुरका प्रसिद्ध समाजसेवीसमेत रहनुभएका गिरीको ७३ वर्षको उमेरमा यही साउन २७ गते राति काठमाडौँको मेडिसिटी अपस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

काँग्रेसले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । काँग्रेसले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व गिरीले नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।(रासस)

Related Articles

Back to top button