vada
News

कोरोना जितेका पत्रकारको अनुभव

जनकपुरधाम : धनुषाका एकजना पत्रकार कोरोना (कोभिड-१९) महामारीलाई जितेर डिस्चार्ज भएका छन् । धनुषाको जनकपुरधाम उप-महानगरपालिका पत्रकार बीरेन्द्र रमणले १७ औं दिनमा कोरोना जितेर डिस्चार्ज भएका हुन् । उनी मुटु रोगी भएकाले कोरोना संक्रमण देखिदा आफन्त चिन्तित थिए।

उनले कोरोनालाई जितेर आएपनि प्रदेश सरकार मातहत रहेको प्रादेशिक अस्पतालमा गरिने व्यवहार र खानपानमा व्यापक कन्जुस्याइ गरेको गरेको गुनासो गरे । उनले भने, ‘कोरोना केही होइन, आत्मबल र आफू कोरोनाभन्दा बलवान छु भन्ने इच्छाशक्ति राख्नपर्छ, यस्ता कयौं कोरोनालाई हराइन्छ।’

आइसोलेसनमा उपचारको क्रममा प्रादेशिक अस्पतालले सामान्य सुविधा समेत उपलब्ध गराउन नसकेको गुनासो गर्दै उनले भने, मनस्थिति बलियो भए जस्तोसुकै लडाइ पनि जितिन्छ, यो त समान्य कोरोना हो ।’

कोरोना संक्रमण देखिएपछि वैशाख ३१ गते आइसोलेसनमा भर्ना भएका पत्रकार रमणले मनमा केही डर उत्पन्न भए पनि मर्छु भन्ने नलागेको बताए। ‘ मलाई केही हुँदैन भन्ने लाग्थ्यो, यसलाई जितेरै छोड्छु भन्ने सोच आउँथ्यो, उनले भने, ‘यदि कोरोना लागेको छ, भने मन बलियो बनाए, खानपानमा ख्याल गरे कोरोनासँगको लडाइ जित्न सकिन्छ।’

रोगसँग लड्न उच्च मनोबलसहित दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउने गरेको उनको बताए।धनुषामा पहिलो संक्रमितको रुपमा उनी र थप एकजना संक्रमित आइसोलेसनमा भर्ना भएका थिए ।

उनीसँगै कोरोना संक्रमित भएकी महोत्तरी घरभइ हाल जनकपुरधाम उप-महानगरपालिकामा डेरा लिइ बस्दै आएका पुस्तक व्यवसायी भने अझै निको भएका छैनन्।

उनले भने, मसँगै आएका मित्र पनि छिटो निको होला भन्ने सोचेको थिएँ। तर अहिलेसम्म अवस्था सामान्य भएपनि पूर्ण निको नभएको सुन्दा दुःख लागेको छ। ती मित्र पनि निको भए म अझ बढी खुशी हुने थिएँ ।’

संक्रमित निको पछि स्वास्थ्यकर्मी उत्साहित

प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत कोरोना संक्रमित ४५ वर्षीया पत्रकार निको भएपछि चिकित्सक र स्वास्थ्यकर्मी उत्साहित देखिएका छन् । कोरोनाको चौतर्फी सन्त्रास र भय बढिरहेका बेला जिल्लामा कोरोना संक्रमित देखिना साथ अस्पताल ल्याउन र उपचार गर्न कठिन मानेका चिकित्सक र स्वास्थ्यकर्मी अहिले उत्साहित देखिएका हुन् ।

निकै जोखिम मोलेर उपचार सेवामा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी पत्रकार निको भएको सूचनापछि कार्यक्षेत्रमा थप उत्साहित बनेर लागेको प्रादेशिक अस्पतालका अस्पतालका प्रमुख डा. नागेन्द्र यादवले बताए ।

अस्पताल सुरुमा कोरोना संक्रमित बिरामीको उपचार गर्ने सवालमा केही हिच्किचाहट देखिएको थियो । तर सुरक्षित सेवाका सामग्री, पूर्वाधार, उपकरण र जनशक्ति परिपूर्ति भेन्टिेलटरदेखि आइसीयूको काम समेत अघि बढेकाले अब कोरोना संक्रमितको उपचारमा कुनै समस्या नहुने डा. यादवले बताए ।

Related Articles

Back to top button