vada
News

वीरगञ्जमा मृत्यु भएका बाराका २ जना पुरुषमा कोरोना पुष्टि

बिहीबार विहान वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाराका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा प्रसौनी गाउँपालिकाका ६५ वर्षका र जीतपुर–सिमरा उपमहानगरपालिकाका ५० वर्षका पुरुष रहेका थिए ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएका छ ।

प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ बर्षका पुरुष पहिलेदेखि नै दमका रोगी थिए । ३/४ दिनदेखि ज्वरो र खोकी लागेपछि उनलाई अचानक स्वास प्रश्वासमा समस्या भएपछि बिहीबार बिहान नारायणी बयोधा अस्पताल लगिएको थियो । बयोधाले साढे ३ बजे नारायणी अस्पताल पठाएकोमा आकस्मिक कक्षमा उपचारको क्रममा साढे ८ बजे उनको मृत्यु भएको थियो ।

त्यस्तै जीतपुर सिमरा उपमहानगरपालिका–४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनलाई ४÷५ दिनदेखि ज्वरो र खोकीको समस्या देखिएको थियो । बुधबार बिहान अचानक स्वास फेर्न गाह्रो भएपछि उपचारका लागि नेशनल मेडिकल कलेज लगिएकोमा नेशनलले आईसीयू खाली नभएको भन्दै बुधबार मध्यान्ह नारायणी अस्पतलमा रिफर गरेको थियो ।

आईसीयुमा राखेर उपचार गराईरहेका बिहीबार विहान स्वास प्रश्वासमा झन् समस्या थपिदै गएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उनको बिहीबार बिहान ९ बजेतिर उनको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए । योसँगै बारामा कोरोना संक्रमणबाट मर्नेको संख्या ५ पुगेको छ ।

Related Articles

Back to top button