vada
News

जब रणवीर सिंहले भने, ‘अनुष्का मेरी प्रेमिका हुन् । म तेरो नाक भाँचिदिन्छु ।’

एजेन्सी – बलिउडमा यस्ता केही जोडी छन् जसले करियरको सुरुवात एकसाथ गरे अनि चर्चित र सफल भएपछि आफ्नो आफ्नो यात्रा तय गरे । जसमध्ये रणवीर सिंह र अनुष्का शर्मा पनि पर्छन् । यी दुई करियरको सुरुवातमा एक अर्काको प्रेममा रहेको चर्चा निकै चलेको थियो । विस्तारै सफल र निकै चर्चित भएपछि दुवैले बाटो परिवर्तन गरे र विवाह पनि गरे ।

अनुष्का शर्माले क्रिकेटर क्याप्टेन विटार कोहलीसँग विवाह गरिन् भने रणवीर सिंहले बलिउडकै चर्चित अभिनेत्री दीपिका पादुकोणसँग विवाह गरे ।एक अर्काले छुट्टाछुट्टै बाटो हिँडेको थुप्रै वर्षपछि रणवीर सिंहले भारतीय म्यागाजिन वेमेनसेरालाई दिएको अन्तर्वार्तामा अनुष्काको बारेमा खुलासा गरेका छन् ।

उनले भने, ‘यो कुरा २०११ तिरको हो । एउटा केटाले अनुष्कालाई जिस्काउँने र दुख दिने गर्न थाल्यो । र, म अनुष्कालाई बचाउँन गएँ । त्यसपछि मैले त्यस केटालाई ध-म्की मात्र दिइन । अनुष्का मेरी प्रेमिका हुन् समेत भनेँ ।’

उनले ती व्यक्तिको नजिक गएर भनेको सम्झिँदै भने, ‘मुख सम्हालेर बोल ! अनुष्का मेरी प्रेमिका हुन् । म तेरो नाक भाँचिदिन्छु ।’यद्यपि, उनले आफ्नो अनुष्कासँग कुनै पनि सम्बन्ध नभएको जिकिर गरेका छन् । दुवैले एक अर्कालाई साथी मात्र भएको दाबी गरे । तर, केही मिडिया रिपोर्टका अनुसार रणवीरको जीवनमा दीपिकाको आगमन हुनु नै अनुष्का र रणवीरको ब्रेकअपको कारण हो ।

Related Articles

Back to top button