vada
News

आईसीयूमा रहेकी युवतीमाथि सामुहीक बला.त्कार

काठमाडौं । भारतको बिलासपुर स्थित नेहरु नगरको एक निजी अस्पतालमा रहेको आईसीयूमा रहेकी एक युवतीमाथि सामुहिक बलात्कार भएको छ ।

आफूमाथि आईसीयूमा रहेको बेला बलात्कार भएपछि युवतीले एक पत्र लेख्दै त्यसबारेमा आफ्ना पितालाई जानकारी दिएकी छन् ।

सामूहिक बलात्कार पछि युवतीको झनै स्वास्थ्य स्थिती जटिल बन्दै गएको र उनलाई मेन्टिलेटरमा राखेर उपचार गरिएको भारतीइ सञ्चारमाध्यमहरुले बताएका छन् । बिलाशपुर शहरस्थित एक गाउँकी उक्त युवती एक विद्यार्थी हुन् ।

स्वास्थ्य अवस्थामा समस्या आएपछि उनलाई १८ मेमा उपचारका लागि अस्पताल लगिएको थियो । तर कोरोनाको महामारीका बेला उनको उपचार राम्रोसँग हुन सकेन ।

त्यसपछि उनका पिताले उनलाई नारायणी अस्पताल लिएर गए । त्यहाँ पनि उपचार राम्रोसँग नभएपछि उनले आफ्नी छोरीलाई एक निजी अस्पतालमा लिएर गएका थिए ।

२१ र २२ मेको राती वार्डमा रहेका दुई युवकले उनीमाथि सामुहिक बलात्कार गरेको युवतीको आरोप छ ।

अहिले उक्त घटनाबारे पुलिस अनुसन्धानमा खटिरहेको छ ।

एजेन्सीको सहयोगमा

Related Articles

Back to top button