vada
News

रोग भन्दा भोकको पिडा: लकडा’उनमा नेपाल फर्केकाहरु पुन: रोजगारी खोज्दै भारत फर्किनेको लर्को

कैलाली । को’रोना भा’इरस (कोभिड–१९) महा’मारी रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारले चैत्र १० गतेदेखि लक’डाउन गर्‍यो। लक’डाउन अवधिमै कैलालीको गौरीफन्टा लगायत सुदूरपश्चिमका विभिन्न नाका हुँदै झण्डै अढाई लाख नेपालीहरू भारतबाट नेपाल फर्किए।

भारतको राजस्थान, नयाँ दिल्ली, देहरादुन, बैंग्लोर, चेन्नई र पन्जाबलगायत ठाउँबाट कतिपय नेपालीहरू हिँडेरै सीमा नाकासम्म आए। भोकभोकै सयौं किलोमिटर पैदल यात्रा गरेर देशको सिमानामा आइपुगेका नेपालीहरूले घर फर्कने थुप्रै सम’स्या भोग्नुपर्‍यो।

सीमा क्षेत्रमा भोकभोकै खुला आकाशमुनि रात बिताएर नेपाल आएका अधिकांश नेपालीहरू अहिले सहजै भारत फर्किन थालेका छन्। अहिले नेपालीहरूले घर फर्कनभन्दा भारत जान सजिलो भएको अनुभुति गर्न थालेका छन्। भारत जान सीमाक्षेत्रमा कुनै सम’स्या छैन।

अहिले पनि भारतमा महामारी अवस्था सामान्य भएको छैन। दैनिक हजारौं संक्र’मित थपिइरहेका छन्। को’रोनाबाट सयौँको ज्यान गइरहेको छ। तर, भारतले रोजगारीका लागि फर्किन चाहने नेपालीहरूलाई सहजै रुपमा प्रवेश दिइरहेको छ । तेज बोहोराले थाहा खबरको अन’लाइन संस्क’रणमा समाचार लेखेका छन् ।

को’रोना त्रा’सकै बीच भारतीय ‘आधार कार्ड’ भएकाहरूलाई भारतले सहजै प्रवेश दिइरहेको सीमा सुरक्षा खटिएका सशस्त्र प्रहरीका डिएसपी भोलानाथ कुसुवाले बताए। उनका अनुसार नेपाल फर्कनेहरूलाई केही अप्ठ्यारो भएपनि भारत जानेलाई कुनै अव’रोध छैन। अहिले कैलालीको गौरीफन्टा नाका भएर दैनिक एक सयदेखि तीन सयसम्म नेपालीहरू भारत गइरहेका छन्। उनीहरू यसअघी कोरोना त्रा’सकै कारण ज्या’न जो’खिममा राखेर स्वदेश फर्किएका थिए।

चार महिने लक’डाउनमा घरमै बसेका उनीहरू रोजगारीका लागि फेरि भारत जान थालेका हुन्। असार महिनामा मात्रै दुई हजार ६८१ जना नेपाली रोजगारीको लागी भारत गएका छन् भने १७ हजार ५ जना भारतबाट नेपाल भित्रिएका छन्।

Related Articles

Back to top button