vada
News

पहिरोमा ज्या’न गु’माउने ९ बालबालिका सहित १६ जनाको सामूहिक अ’न्येष्टि, २३ अझैँ बे’पत्ता

सिन्धुपाल्चोक— जुगल गाउँपालिका वडा नम्बर २ मा शुक्रबार बिहान गएको पहिरोमा परी मृ त्यु हुनेको संख्या १६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शनिबार दिउँसोसम्म १६ जनाको श’व भेटिएको हो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृ’त्यु हुने १६ जनाकै स’नाखत भएको छ ।

डीएसपी काफ्लेका अनुसार मृ त्यु हुनेमा नौ बालबालिकासहित चार महिला र बाँकी पुरुष छन् । प्रहरीका अनुसार मृ त्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रेिमश दोङ, १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ रहेका छन् ।

मृ’तकहरुको बौद्ध परम्पराअनुसार सामूहिक रुपमा अन्येष्टि गरिएको छ । बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा आहिले सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको ५५ जनाको टोलीले बे’पत्ताहरुको खोजी गरिरहेको छ ।

गाउँपालिकाले पुष्टि गरेको ३८ जनाको सूचीमा वडाध्यक्ष प्रताप लामाको टोलीले स्थानीय कबिर दोङ बे पत्ता भएको नाम नभएको जानकारी दिएपछि एक जना बे’पत्ता थपिएको डीएसपी काफ्लेले बताए । ‘आहिले थपिएका एक जनासहित २३ बे पत्ताको खोजी कार्य तीव्र बनाइएको छ, सिमसिमे पानीले गर्दा पहिरोको जो’खिम बढाएको छ, उ’द्धार कार्य केही प्रभावित बने पनि सावधानीपूर्वक काम अगाडि बढ्दैछ,’ उनले भने ।

एक जना डिस्चार्ज, अन्य उपचारमै

जिल्ला अस्पताल चौतारामा उपचाररत घा’इते जुगल लिदीका ९ वर्षका रुपबहादुर दोङ शनिबार दिउँसो डिस्चार्ज भएका छन् । ४३ वर्षीया जुनमाया दोङ, ६० वर्षीया केवरीङ दोङ र २३ वर्षीय पासाङ दोङ, ३५ वर्षका दावाग्याल्बो दोङको चौतारास्थित अस्पतालमा उपचार भइरहेको छ भने ४५ वर्षकी यामुलामु दोङको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button